April 23, 2026, Thursday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना रोकथामका लागि अढाई करोड खर्च

कोरोना रोकथामका लागि अढाई करोड खर्च

महाकाली – महाकाली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि अढाई करोड खर्च भएको छ ।

महाकालीमा रु दुई करोड ४० लाख ७७ हजार रकम खर्च गरिएको हो । महाकाली नगरपालिकामा सबैभन्दा बढी राहत वितरणमा खर्च भएको देखिएको छ । कार्यालयले सार्वजनिक गरेको खर्च विवरणअनुसार राहतमा रु ४३ लाख २७ हजार खर्च भएको छ । सार्वजनिक खर्चअनुसार क्वारेन्टिन निर्माणमा रु ३४ लाख १० हजार, क्वारेन्टिन सामग्रीमा १३ लाख २१ हजार, क्वारेन्टिन खानामा सात लाख, आइसोलेसन निर्माण तयारी सात लाख ८७ हजार खर्च गरिएको छ । यसैगरी आइसोलेसन व्यवस्थापनमा रु १४ लाख, आइसोलेसन खानामा २३ लाख, औषधिमा सात लाख ४१ हजार, औषधिजन्य सामग्रीमा ३० लाख ५६ हजार, स्वास्थ्य उपकरण चार लाख ५९ हजार, जोखिम भत्ता १३ लाख ८५ हजार, यातायात खर्च पाँच लाख २५ हजार र ३० लाख अन्य खर्च गरिएको छ ।

Advertisement

महाकाली नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजालीले कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकामा रोकथामका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।