May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यूएईको शारजाहमा दुई नेपालीको  विभत्स हत्या

यूएईको शारजाहमा दुई नेपालीको विभत्स हत्या

दोहा – यूएईको शारजाहमा दुई नेपालीको हत्या भएको छ । दुई समूह बीच झगडा भएपछि उनीहरुको हत्या भएको हुन् सक्ने यूएई प्रहरीले जनाएको छ ।

झगडाले उग्ररुप लिएपछि उनीहरुलाई धारिलो प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईबाट प्रकाशित हुने गल्फ न्यूजले जनाएको छ ।

Advertisement

मृतकहरुको अनुहार, घाँटी, छाती तथा पेटमा निलडाम रहेको प्रहरीले जनाएको छ । यूएई प्रहरीले हत्या गरिएका नेपाली नागरिक को हुन् भन्ने बारे अहिलेसम्म पहिचान नखुलाए पनि उनीहरुको सांकेतिक नाम जेके २६ र एमआर ३७ रहेको जनाएको छ ।

मृतकहरूको शव अहिले पोस्टमाटमको लागि हस्पिटल लागिएको जनाएको छ ।