April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

नेविसंघद्धारा संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

श्रावण २९, काठमाडाैं । नेपाल विद्यार्थी संघले भक्तपुर जिल्लाका संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । भक्तपुर प्रेस युनियन जिल्ला शाखाको समन्वयमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जिल्लाका पत्रकार एवं संचारकर्मिहरुलाई सर्जिकल माक्स, पन्जा, सेनिटाइजर लगाएतको स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिनुभयो ।

पछिल्लो समय कोरोना भाइरसको महामारी ह्वात्तै बढेको र यसबाट सबैभन्दा उच्च जोखिममा स्वास्थ्यकर्मी , संचारकर्मी र सुरक्षाकर्मी रहेकाले नेविसंघले स्वास्थ्य सुरक्षाका लागि यस्ता वितरणका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरूमा पनि जारी रहने संघका महामन्त्री तिमल्सिनाले बताउनुभयो ।

Advertisement

कोरोना भाइरसको बिषम परिस्थितिमा सरकार सत्ता बचाउन मात्र लागि परेको टिप्पणी गर्दै प्रेस युनियनका वरिष्ठ पत्रकार कविर राणाले संकटमा पत्रकारको सुरक्षाका लागि नेपाल विद्यार्थी संघले स्वास्थ्य सामाग्री बितरण गरेको बताउनुभयो । सरकार आफ्नो पार्टीको गुटवन्दी र कुर्सीको लुछातानीमा लागि रहेका तिमिल्सेनाले आरोप लगाउनु भयो । यस्तो संकटमा सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउन्दै उहाँले राजनैतिक विकृति विसंगतिको विरोधमा नेपाल बिद्यार्थी संघ लागि परेको बताउनु भयो ।

भौतिक दुरी कायम गरी करिव २२ जना प्रेस युनियन भक्तपुरका पत्रकारहरु उपस्थित भएको कार्यक्रम प्रेस युनियन भक्तपुरका साभापति रोशन शिल्पकारको सभापतित्व्मा भएको थियो । कार्यक्रममा सहभागि पत्रकारहरुलाई सर्जिकल मास्क, पन्जा र स्यानिटाइजर वितरण गरेको थियो ।

सामाजिक दुरि कायम गर्दै गरिएको वितरण समारोह बरिस्ठ पत्रकारहरु कविर राणा, जगत नेपाल , नारायण किलम्बु , केदारनाथ कोइराला , नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति पुष्करराज बुढाथोकी, नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व सभापति भुपेन्द्र थापा, कांग्रेस भक्तपुरका महाधिवेशन प्रतिनिधि सुरेस श्रेष्ठ ,नेविसंघ पुर्व सहमहामन्त्री माधब ढकाल , नेपाल दलित संघ भक्तपुरका सभापति रामराजा मुग्राती , सिन्धुपाल्चोक कांग्रेस नेता देवराज श्रेष्ठ , महिला नेतृ संगिता फुयाल , नेविसंघ भक्तपुर क्याम्पस अध्यक्ष प्रवीण लाखे, नेपाल तरुण दल चागुनारायण नपा अध्यक्ष गोबिन्द थापा विद्यार्थी नेताहरु धर्मराज कार्की , नारायण हमाल, घनश्याम घिमिरे , मनिष रायमाझी , बिबेक थापा लगाएतको उपस्थित रहेको ढुंगेलले जानकारी दिनुभयो । वितरण कार्यक्रम नेपाल प्रेस युनियन भक्तपुरका अध्यक्ष रोशन शिल्पकारको अध्यक्षतामा सम्पन्न भएको थियो ।