April 29, 2024, Monday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
न माक्स, नत सामाजिक दुरी, जात्राले उल्टै कोरोना भगाउने विश्वास

न माक्स, नत सामाजिक दुरी, जात्राले उल्टै कोरोना भगाउने विश्वास

श्रावण २९, कालिकाेट । कोरोना भाइरसको संक्रमणले मुलुक आक्रान्त छ । सरकारले कोरोना संक्रमण फैलन नदिन जनस्वास्थ्य मापदण्ड लागू गरेर निर्देशिका नै जारी गरिसकेको छ ।

त्यसमाथि जात्रा चाडपर्व मनाउन समेत निर्देशिका जारी गरेपछि शहर बजारमा बर्षौदेखि चल्दै आएका जात्रा तथा पर्वहरु औपचारिकतामा सीमित भएपनि गाउँघरमा मनाइने जात्रा र पर्वलाई निर्देशिकाले छुन समेत देखिएको छैन ।

Advertisement

कणार्ली प्रदेशमा परम्परागतरुपमा मनाइने बिभिन्न पर्वहरु अविच्छिन्न भने मानिसहरुको उपस्थिति हेर्दा पनि मुलुक कोरोना संक्रमणको जोखिममा छ भन्ने कुनै संकेत देखिदैन । दुई महिना अघि बझाङमा मनाइएको जात्राले देशव्यापी चर्चा पाएपछि सो क्षेत्रमा प्रशासनको निगरानी बढेपनि कर्णाली प्रदेशमा भने प्रशासन बेखबर झै बनेर रमिता हेरिरहेको भान हुन थालेको छ ।

परमपरागत रितिरिवाज अनुसार गाउँघरमा गरिने पूजा आजा देवीदेवताका मन्दिरमा गरिने पैठ जात्रा यो बर्ष पनि कर्णाली प्रदेशमा निर्वाध चलिरहेका छन् । धेरै मान्छेको भीडभाड र जमघट हुने स्थान पैठमा जानेहरुले न त माक्स लगाएका हुन्छन् न त सामाजिक दूरी नै कायम गरेका हुन्छन् ।

यसरी गरिने पैठमा कसैलाइ कोरोना संक्रमण भएको भए त्यो सजिलै जिल्ला र जिल्ला बाहिरका स्थानहरुमा पुग्ने देखिन्छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई कोरोना रोगथामका लागि पत्राचार गरेपनि स्थानीय तह मौन देखिन्छन् ।

अघिल्लो आर्थिक बर्षमा बजेट सक्ने ध्याउन्नमा लागेका कर्मचारी र जनप्रतिनिधि तत्काल बजेट खर्च गर्ने मेलामेसो नपाएपछि सुस्ताएको स्थानीय नागरिकको गुनासो छ ।

कालिकोटका धेरै स्थानीय तहमा लाग्ने मेला पैठ र जात्रा निरन्तर भइरहेका छन् । उल्टै पैठ र जात्राले कोरोना भगाउने विश्वास आम नागरिकको छ । यही विश्वास बोकेर जात्रामा विना सावधानी स्थानीयहरु निर्वाध नाचिरहेका छन् ।