June 3, 2026, Wednesday
२०८३ जेष्ठ २१, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप

बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप

बर्दिया – कोरोना भाइरसको जोखिम बढेसँगै बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप गरिएको छ।

बिहीबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न साउन ३२ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि गत आइतबारदेखि जिल्ला प्रशासन कार्यालय बर्दियाले पहिलो चरणमा पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको थियो। 

Advertisement

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जोखिमयुक्त क्षेत्रमा परिक्षणको दायरा बढाउन तत्काल एक हजार थान भिटिएम आवश्यक भएकाले प्रदेश ५ सरकारसँग भिटिएम किट माग गर्ने निर्णय समेत गरेको छ।