May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आलियाको ‘सडक २’ ट्रेलरले डिसलाइकमा बनायो रेकर्ड

आलियाको ‘सडक २’ ट्रेलरले डिसलाइकमा बनायो रेकर्ड

काठमाडौं – हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर नेपालमा युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लिएको छ । तर, यो ट्रेलरले लाइकभन्दा कैयौं गुणा बढी डिसलाइक पाएको छ ।

दुई दिनअघि रिलिज गरिएको ट्रेलरमा आलिया भट्ट, पूजा भट्ट, सञ्जय दत्त, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ ।

Advertisement

फिल्मको ट्रेलर रिलिज हुनासाथ भारतीय दर्शकले यसलाई डिसलाइक गर्न शुरु गरेका थिए । भारतीय फिल्म नगरीमा चलेको नेपोटिज्म बहसले यो फिल्मलाई पूर्ण रुपमा प्रभावित पारेको छ । यो फिल्म यति छोटो समयमा धेरै डिसलाइक पाउने पहिलो ट्रेलर हो ।

फिल्ममा आलियाको अभिनय छ । जुन फिल्म उनका बाबु महेश भट्टले निर्देशन गरेका हुन् ।