May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना पुष्टि

रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना पुष्टि

रौतहट –  भएको छ । हेटौंडा अस्पतालले दिएको रिपोर्टअनुसार २४ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला जनस्वास्थ कार्यालय गौरकाअनुसार एकजना सञ्चारकर्मी सहित गौर नगरपालिकामा १७ जनामा थप पोजेटिभ देखापरेको छ । त्यसैगरी परोहा नपाका  ४ जना, भारत मोतिहारी घरभई काठमाडौ बस्ने एकजना पुरुष  र चन्द्रपुर १ गढिमाई नपाका १ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement

संक्रमित हुनेमा एक १० वर्षीय बालक, २ जना १८ वर्षीय किशोर र ७ जना महिला समेत रहेका छन् ।

जिल्ला अस्पताल गौरका प्रमुख डा. कृष्ण साहले नर्सिङ क्याम्पस आईसोलेसनमा बेड खाली नरहेकाले स्थानीय प्रशासनको समन्वयमा पोलिटेक्निकल क्याम्पस धरहरिमा तत्काल ३ सय बेडको आईसोलेसन निर्माण गर्ने काम सुरु गरिने बताए ।