May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ ।

कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४÷७५ र आव ०७५÷७६ मा रु एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ । प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी आएकाले कार्कीलाई पक्राउ गरिएको हो ।

Advertisement

आयोगका प्रवक्ता तारानाथ अधिकारीले आरोपी कार्कीको अनुसन्धान भइरहेको छ ।