May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भरतपुरमा निषेधाज्ञा

भरतपुरमा निषेधाज्ञा

चितवन – जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले जानकारी दिनुभयो । आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । पछिल्लो समय चितवनमा कोभिड–१९ सङ्क्रमण फैलिँदै गएकाले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नु परेको उहाँको भनाइ छ । महानगरपालिकामा गएको चार दिनमा २९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म ९९ जनामा सङ्क्रमण देखिएकामा एकको मृत्यु भएको छ अन्य निको भएका छन् ।

Advertisement

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिने भएको छ । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ः०० देखि ८ः०० बजेसम्म पसल खोल्न दिइने बताइएको छ ।