May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध

वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध

काठमाडौँ –  वर्षाका कारण हुलाकी राजमार्ग, महाकाली राजमार्ग, बेनी–जोमसोम–कोरेला सडक, साँफेबगर–मार्तडी सडकलगायत सडक अवरुद्ध छन् ।

सडक विभागले बाढी र पहिराका कारण अवरुद्ध कतिपय सडक खुलाइरहे पनि कतिपय स्थानमा अघिल्लो महिनादेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन । साँफेबगर–मार्तडी सडक बाजुराको अम्कोट द्वारीखण्डमा आइतबारदेखि अवरुद्ध छ । बूढीगङ्गा नदीको बहाबले झण्डै पाँच सय मिटर सडक क्षतिग्रस्त अवस्थामा रहेको डिभिजन कार्यालयले जनाएको छ । सो सडकका कतिपय खण्ड असारदेखि अवरुद्ध रहेकामा अझै खुल्न सकेको छैन । कतिपय खण्ड यस साताको वर्षाका कारण अवरुद्ध छ । बेनी –जोमसोम –कोरोला सडक म्याग्दीको दाना र गलेश्वरमा अवरुद्ध थियो । म्याग्दीकै काभ्रेभीर र घोप्टेभीरमा पनि सडक अवरुद्ध छ ।

Advertisement

यही साउन १० गते सडक माथिबाट आएको पहिराले बेलिब्रिज बगाएको थियो । सो राजमार्गको रुप्सेमा निर्माणाधीन पुलको जग पुरिएको छ । सो सडक नजीक राखिएको एस्काभेटर, नजिकैको घर र बससमेत बगेका थिए । नच्र्याङ तातोपानीमा निर्माणाधीन पुल र डाइभर्सन पनि पहिराले बगाएको थियो । महाकाली राजमार्गको सतबाँझ–दार्चुला खण्ड यही साउन ६ गतेदेखि अवरुद्ध छ । भारी वर्षापछि पहिरो र अत्यधिक वर्षाका कारण सडक अवरुद्ध बन्न पुगेको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाअन्तर्गत अर्घाखाँचीको निगाली –देउराली सडक अवरुद्ध छ । सो सडकका ठाउँठाउँमा सानाठूला पहिरो गएकाले उपलब्ध उपकरणबाट सडक खोल्ने काम भइरहेको विभागले जनाएको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीअन्तर्गत कृष्णनगर र सोनापफाँटा सडक अवरुद्ध छ ।

बेंसीशहर –चामे सडकको घोप्टे खोलामा हिमपाइप बगाउँदा सडक अवरुद्ध बनेको छ । खोड्पे–बझाङ सडकअन्तर्गत जालिबगरमा सडक अवरुद्ध छ । भारी वर्षापछि सेती नदीको पानीले ३० मिटर सडक नै बगाएको थियो । सो सडकमाथि पहाड र तल नदी भएकाले अलिेसम्म सडक अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत दलाङ अहिले अवरुद्ध छ । सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले सडक वा पुल नै बगाएका स्थानमा बाहेक पहिरो हटाएर सञ्चालन गरिँदै आएको बताउनुभयो । उहाँका अनुसार पूर्णरुपमा सञ्चालन हुन नसकेका सडक पनि एकातर्फको अवरोध हटाएर आंशिक रुपमा सञ्चालन गरिएको छ ।

विभागअन्तर्गतका डिभिजनहरु जेठदेखि नै तयारी अवस्थामा छन् ।