May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
शनिबार  देशभर बाढी, पहिरो र डुबानको जोखिम

शनिबार देशभर बाढी, पहिरो र डुबानको जोखिम

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर भारी  बाढी, पहिरो र डुबानको जोखिम देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

पहिरो जान सक्ने र विभिन्न नदीमा एक्कासी बाढी आउँन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

बबई नदीजलाधारको गुलरिया, रानीजरूवा, रम्वापुरलगायत बर्दियाको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पर्ने क्रममा रहेकाले आसपासको डुबान भइरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

दाङ, बाँके, बर्दिया, कैलाली र आसपास धेरै ठाउँमा ठूलो पानी परेकाले साना नदीमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान हुन सक्ने भएकाले बिहान ९ बजेसम्म सतर्क रहन आग्रह गरेको छ ।

धनकुटामा तमोर मुलघाटदेखि सप्तकोशी दोभानसम्मको तटीय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।