May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बागलुङमा पहिरोले घर पुर्दा २ बालकको मृत्यु

बागलुङमा पहिरोले घर पुर्दा २ बालकको मृत्यु

बागलुङ – बागलुङमा पहिरोले घर पुर्दा २ बालकको मृत्यु भएको छ ।

शुक्रबार राति २ बजेतिर निसीखोला गाउँपालिका–५ कारी गाउँमा पहिरो जाँदा स्थानीय हिराबहादुर बिकको घर पुरिएको हो ।

Advertisement

पहिरोमा पुरिएर विकका १३ वर्षीया छोरा वीरेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको निसीखोला—४ का वडाध्यक्ष टिकानिधि पौडेलले बताए । मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए।

रातिको समय पहिरो झरेका कारण भाग्न नसक्दा पुरिएर उनीहरुको मृत्यु भएको बताईएको छ । सोही पहिरोमा परी ५३ वर्षीया दिलसरा बिक गम्भीर घाइते भएकी छन् । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।