May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नयाँ कार्ययोजना सार्वजनिक गर्दै सम्पन्न भयो नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय समित बैठक

नयाँ कार्ययोजना सार्वजनिक गर्दै सम्पन्न भयो नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय समित बैठक

काठमाडौँ – नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय समिति को बैठक शुक्रबार बसेको थियो । महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द प्रसाद शर्मा पौडेलको अध्यक्षतामा केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुक्रबार केन्द्रिय कार्यालय काठमाडौं बसेको हो ।

बैठकको प्रमुख अतिथि नेपाली कांग्रेस पुर्ब सांसद तथा संविधान सभा सदस्द राजिब बिक्रम शाहको उपस्थिति थियो । महासंघको आगामि कार्यक्रमको बिसयमा प्रमुख अतिथि बाट कार्ययोजना र कसरि बनाउने र कांग्रेस कसरि सफल हुन्छ भन्ने बिषयमा प्रकाश पार्दै बोल्नु भयको थियो ।
बैठकमा हाल सम्मका उपलब्धि समेटिएको अध्यक्षले प्रस्तुत गर्नु भएको कार्ययोजना पारीत गर्दै कार्ययोजना सहित अगाडी बढने निर्णय गरियो। महासंघले हालसम्म ७ प्रदेस, ७७ बटै जिल्ला मा तदर्थ कार्यसमिति गठन गरि सकेको र हाल संम्मको कार्य उपलब्धिको बिषयमा महासचिव भक्त राज भुसालले जानकारी गराउनु भयो ।

Advertisement

बैठकमा कोषध्यक्ष यज्ञश्वर पोख्रेल , केन्द्रिय सदस्यहरु भरत राज शर्मा , लेखनाथ पौडेल , रामहरि नेउपाने , रोजि ढकाल पराजुली , रामचन्द्र तिवारी लगायतले बोल्नु भएको थियो । बैठकद्वारा महासंघ सबै प्रदेस र जिल्ला कार्यसमिति , नौ वटै विषयगत संघ ,संस्था को समिति लाइ बधाइ तथा सुभकामना मन्तव्य दिदै अध्यक्ष गोविन्द शर्मा पौडेल ज्यु ले बैठक समापनको घोषणा गर्नु भएको थियो ।