May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सेनाले भत्कायो वर्षाका कारण जोखिममा परेका घर

सेनाले भत्कायो वर्षाका कारण जोखिममा परेका घर

तुलसीपुर – वर्षाका कारण जोखिममा परेको यहाँको एउटा घरलाई नेपाली सेनाले भत्काइदिएको छ ।

तानसेन नगरपालिका–६ बर्तुङस्थित पालेपिपलमा रहेको कृष्णप्रसाद भट्टराईको कच्ची घर नेपाली सेनाको टोलीले भत्काएको हो । गोरख दल गण पाल्पाका सेनानी मनोज डङ्गोलको नेतृत्वमा वर्षाले घरको अगाडिको भाग भत्किएर जोखिममा रहेको घर पूर्णरुपमा भत्काइएको छ ।

Advertisement

घरमा रहेका सामान सुरक्षितसाथ निकालेर अन्यत्र व्यवस्थापन गरिएको छ । अगाडिको भाग भत्किएर जोखिम बनेको घर कुनै पनि समय अन्य भाग भत्कन सक्ने सम्भावित घटनालाई ध्यानमा राखी घरधनी र तानसेन नगरपालिकाको सहमतिमा भत्काइएको हो ।