May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

काठमाडाैँ– आइतबार काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

Advertisement

एपीएफ अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जना, विध ल्याबमा गरिएको परिक्षणमा काठमाडौँका ६ तथा ललितपुरका १ जना, वी एण्ड वी अस्पतालमा गरिएको परिक्षणमा ललितपुरका १ जना, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौँका १९ तथा ललितपुरका १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका १७ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौँका ९ तथा ललितपुरका २७ जना, सूर्या ल्याबमा गरिएको परिक्षणमा काठमाडौँका ६ जना र स्टार अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका २, काठमाडौँका ९ तथा ललितपुरका ६ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौँका २४ तथा ललितपुरका २ जना र त्रिवि शिक्षण अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका ३ तथा काठमाडौँका २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।