May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

काठमाडौं – आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ।

Advertisement

त्यस्तै विगत २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले बताए। आज निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ।

त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ। विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो।

विगत २४ घण्टामा १२ हजार २ सय बढीको पिसिआर परीक्षण भएको छ।

हालसम्म ५ लाख १७ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएकाे छ।