May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेपत्ता चौधरीको शव फेला

बेपत्ता चौधरीको शव फेला

तुलसीपुर – दाङमा सानो राप्ती नदीको पुलमा मोटरसाइकल ठोकिएर नदीमा खस्दा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

शनिबार राति ११ बजेतिर लमहीबाट गढवातिर जाँदै गरेको लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा सवार गढवा गाउँपालिका वडा नंं ७ चन्दनपुर निवासी २७ वर्षीय मनोज चौधरीको शव आज बिहान सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले फेला पारेको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार उनी मोटरसाइकलमा पछाडि सवार व्यक्ति हुन् । मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय सुरजनारायण चौधरीको भने शनिबार राति नै शव फेला परेको थियो ।

Advertisement

पुलमा ठोकिँदा मोटरसाइकलसहित दुवै नदीमा खसेका थिए  ती शव अहिले परीक्षणका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।