April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मलाई कोरोनाले केही हुँदैन भन्ने नसोचौंः प्रवक्ता गौतम

मलाई कोरोनाले केही हुँदैन भन्ने नसोचौंः प्रवक्ता गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोभिड १९ को संक्रमण बढ्नु आफैँमा खतराको संकेत भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिएको छ।

मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमण दर बढ्ने क्रममा रहेकाले हामी सबै कोरोनाको जोखिममा रहेकाले सचेत बन्न आग्रह गरेका हुन्। धेरैले मलाई केही हुँदैन कोरोना भनेको बाहिरबाट आउनेलाई मात्र कोरोना हुन्छ वा  स्वास्थ्य समस्या भएका र दीर्घरोगीलाई मात्र हुन्छ भन्ने सोच त्याग्नुपर्ने उनले बताएका छन्। म बलियो छु, मलाई कुनै रोग छैन, भइहाले पनि मलाई कुनै खतरा छैन भन्ने नसोच्न उनको आग्रह छ।

Advertisement

बाहिरबाट सोचेजस्तो हाम्रो शरिर कोरोनाको संक्रमणलाई जित्न सक्ने नहुन सक्ने भएकाले सर्तक रहनुपर्नेमा उनको जोड छ। कोरोना संक्रमणले धनी, गरिब, बूढो, तन्नेरी र केटाकेटी नछुट्याने भएकाले मबाहेक अरु जसलाई पनि कोरोना भाइरस हुन सक्छ भन्ने शंका गरेर व्यवहार गर्न उनले अनुरोध गरे। धेरै मानिसले आफ्ना साथीभाइ, आफन्त तथा चिनेजानेका मानिसमा कोरोना हुँदैन र उनीहरुसँग भेट्दा मास्क लगाउनु पर्दैन र २ मिटर दूरी कायम गर्नुपर्दैन भन्ने सोचाइले ठूलो खतरा निम्त्याएको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को रोकथाम हाम्रो व्यवहारमा भएकाले सचेत बन्न र व्यवहार सुधार्न उनले सबैलाई आग्रह गरेका छन्।