April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मौसमः चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

मौसमः चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ-  आज देशका केही भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश ५, कर्णाली प्रदेश तथा अन्य प्रदेशका एकाध ठाउँमा वर्षा भईरहेको छ।

Advertisement

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजै राति गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।