April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इलाममा क्वारन्टाइनमा बसेका एक युवाको मृत्यु

इलाममा क्वारन्टाइनमा बसेका एक युवाको मृत्यु

फिक्कल – इलामको सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ।   

गए राति ११ बजेतिर  सूर्योदय नगरपालिका वडा नं ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं १० का वडाअध्यक्ष पेमा उर्गेन लामाले बताए।  उनी साउन २६ गते भारतको हैदरबादबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

Advertisement

मृतकको पिसिआर परिक्षणको रिपोर्ट आइसकेको छैन। साउन ३० गते उनको स्वाब परीक्षणका लागि पठाइए जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन बिमल बरालले बताए।

क्वारेन्टाइनमा ब्यक्ति आइतबार बिरामी  परेका थिए।