April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव भेटियो, १७ अझै बेपत्ता

सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव भेटियो, १७ अझै बेपत्ता

काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये हालसम्म २२ जनाको शव निकालिएको छ।

१७ जना अझै बेपत्ता रहेका छन्। सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डिएसपी माधव काफ्लेका अनुसार आज थप तीन जनाको शव निकालिएको हो। उनीहरुको नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले पहिरो पन्छाउँदै थप शव निकालेको काफ्लेको भनाइ छ। पहिरो गएको दिन शुक्रबार ११ जना, शनिबार थप सात र आइतबार एक जनाको शव निकालिएको थियो।  आइतबार र सोमबार फेला परेको शवको पहिचान पनि भएको छ।

Advertisement

मृतकमा १२ वर्षीय हिन्तोष दोङ, ६ वर्षीय सुमन दोङ, १० वर्षीय सुमन दोङ र २२ वर्षका अजय दोङ रहेको जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्। यस अघि १८ जनाको शवको पहिचान भइसकेको छ।  पहिरोले गहिरो गरी किचेका घरबाट शव निकाल्न घरेलु हतियारले सम्भव नभएपछि सके एक्स्काभेटर नसके जेसिबी भएपनि ल्याउने तयारी गरेको उनको भनाइ छ।

जुगल गाउँपालिकाले पहिरोमा परि मृत्यु भएका २२ र बेपत्ता १७ जनाको घरपरिवारलाई किरिया खर्च र तत्कालको राहतका लागि जनही एक लाख २५ हजारको दरले वितरण गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए।