April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एक वर्षमा विद्युत प्राधिकरण ११ अर्ब नाफा कमाउन सफल

एक वर्षमा विद्युत प्राधिकरण ११ अर्ब नाफा कमाउन सफल

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा प्राधिकरणले ११ अर्ब खुद नाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड घाटा व्यहोरेको प्राधिकरण आर्थिक वर्ष २०७३/०७४ देखि नाफामा सञ्चालित छ। आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणले हालसम्मकै उच्च नाफा आर्जन गरेको हो।

Advertisement

अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले नौ अर्ब ८१ करोड नाफा कमाएको थियो। प्राधिकरणले सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको छ। विद्युत चुहावट पनि केही घटेर १५.२७ प्रतिशतमा सीमित भएको छ।

नेपाल विद्युत् प्राधिकरण ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गरेको अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले अहिलेसम्म प्राप्त गरेका उपलब्धी सुरुवात मात्र भएको र यसको जगमा टेकेर अघि बढ्दै समृद्धिका लागि सरकारले लिएको मार्गमा सहयोगी र भरपर्दो माध्यम बन्ने प्रतिबद्धता जनाएका छन्।