May 17, 2024, Friday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रगतले लभ लेटर लेखेर  पठाउँथे  फ्यानले मनीषालाई

रगतले लभ लेटर लेखेर पठाउँथे फ्यानले मनीषालाई

काठमाडौँ – फिल्ममा आफ्नो अभिनयको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनीषा कोइराला आइतवारबाट ५० वर्षमा प्रवेश गरेकी छन् ।

१६ अगस्त १९७० मा नेपालको काठमाडौंमा जन्मिएकी उनले आफ्नो फिल्म करिअरको सुरुवात सन् १९८९ मा रिलिज भएको नेपाली फिल्म ‘फेरि भेटौंला’ बाट गरेकी थिइन् ।   यसपछि उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’ बाट लिड अभिनेत्रीको रुपमा बलिउडमा डेब्यू गरेकी थिइन् । सुभाष घई निर्मित तथा निर्देशित यो फिल्ममा मनीषाको अपोजिटमा विवेक मुश्रान थिए । यो फिल्ममा मनीषा र विवेकमाथि ‘ईलू ईलू’ गीत फिल्मांकन गरिएको थियो ।

Advertisement

यो गीत दर्शकहरुले निकै रुचाएपछि बलिउडमा मनीषालाई ‘ईलू ईलू गर्ल’ भन्न थालिएको थियो ।    ‘सौदागर’ पछि मनीषाको करिअरको ग्राफ लगातार बढिरहेको थियो । यसपछि उनको पोल्टामा एकसेएक सुपरहिट फिल्म पर्न थालेका थिए । सन् १९९४ मा उनले विदु विनोद चोपडाको फिल्म ‘१९४२ : अ लभ स्टोरी’ मा काम गरिन् । यो फिल्ममा उनको अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनायो । यो फिल्मबाट उनले उत्कृष्ट अभिनेत्रीको फिल्म फेयर अवार्ड समेत प्राप्त गरेकी थिइन् ।    सन् १९९८ मा रिलिज भएको फिल्म ‘खामोशी’ को सफलताले मनीषाको करिअर थप उत्कर्षमा पुगेको थियो । सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको फिल्मबाट उनले पुनः फिल्म फेयर क्रिटिक्स अवार्ड जितेकी थिइन् । उनले आफ्नो फिल्म करिअरको दौरानमा बलिउड सुपरस्टार सलमान खान, शाहरुख खान, आमिर खान, रणवीर कपूरसँग काम गरेकी छन् ।   

मनीषा अभिनेत्री मात्र होइनन्, भरतनाट्यम र मणिपुरी डान्सर पनि हुन् । उनलाई फ्यानहरुले यो हदसम्म मन पराउँथे कि उनलाई रगतले लभ लेटर लेखेर पठाउने गर्दथे । उनले नेपाली र हिन्दीसँगै तमिल, तेलुगू र मलयालम भाषाका फिल्ममा पनि काम गरेकी छन् । उनले न्यूयोर्क यूनिभर्सिटीबाट फिल्म मेकिङमा डिप्लोमा गरेकी छन् । उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘प्रस्थानम’ हो ।   अभिनेत्री कोइरालाले सन् २०१० मा फिल्म करिअरबाट ब्रेक लिएर विजनेशम्यानसँग विवाह गरेकी थिइन् । तर, केही वर्षमा उनको बैबाहिक सम्बन्ध टुट्यो । त्यसपछि सन् २०१२ मा उनको गर्भाशयमा क्यान्सर भएको पुष्टि भयो ।

तर, मनीषाले आफूलाई क्यान्सर मुक्त गराउन सफल भइन् र फिल्ममा समेत कमब्याक गरिन् । उनी अहिले परिवारसँग काठमाडौंमा बस्दै आएकी छन् ।