May 13, 2026, Wednesday
२०८३ बैशाख ३१, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गभर्नर अधिकारी होम क्वारेन्टाइनमा

गभर्नर अधिकारी होम क्वारेन्टाइनमा

काठमाडौं- गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै होम क्वारेन्टाइनमा बसेका छन्। राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमा नै बस्न थालेका हुन्। 

अहिलेसम्म राष्ट्र बैंकका चार जनालाई कोरोना संक्रमण देखिएको छ। केन्द्रीय कार्यालयका दुई र वीरगञ्ज कार्यालयका दुई जनालाई संक्रमण देखिसकेको छ। दिनदिनै करोना संक्रमितको संख्या बढ्न थालेपछि केन्द्रीय बैंकको प्रमुख भएकाले उनले सतर्कता अपनाएका हुन्। 

Advertisement

गत साता राष्ट्र बैंकका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सम्पूर्ण कर्मचारीको परीक्षण गरिएको थियो।