April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालमै कोराना संक्रमितमा प्लाज्मा थेरापीबाट दोस्रो पटक उपचार

नेपालमै कोराना संक्रमितमा प्लाज्मा थेरापीबाट दोस्रो पटक उपचार

भदाै २, सुनसरी । नेपालमै दोस्रो पटक कोरानो संक्रमितकाे प्लाज्मा थेरापीको माध्यमबाट उपचार गरिएको छ । केहिदिन अघि कोरोना संक्रमण पुष्टि भएका धरानमा एक व्यवसायीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्लाज्मा थेरापी गरिको हो ।

मोरङको सुन्दर हरैचा १ घर भएका युवाले रगत दिएपछि उनको उपचार गरिएको प्रतिष्ठानको पल्मोनोजिली तथा क्रिटिकल केयर विभागका एसोसिएट प्रोफेसर दिब्यराज मिश्रले जानकारी दिनुभयो ।

Advertisement

काठमाडौं बाहिर पहिलो पटक प्रतिष्ठानले सोमबार राती धरानका एक सक्रमतिलाई प्लाज्मा थेरापी गरिएको डाक्टर मिश्रको बताउनुभयो । “राती प्लाज्मा थेरापी दिएका छौं । उहाँ अहिले आसियूमा मेसिन र माक्सको सहायतामा आँफै स्वास दिइरहनुभएको छ ।”

कोरोना सक्रमितको लागि पहिलो पटक प्लाज्मा थेरापी पहिलो पटक गरिएको भएपनि अन्य रोगका विरामीहरुलाई भने प्रतिष्ठानले यसअघि पनि उपचार गरिहेको उहाँले जानकारी दिनुभयो।

सरकारले वीपी प्रतिष्ठान सगैै १२ वटा अस्पताललाई कोभिडका विरामीहरुको उपचार प्लाज्मा थेरापी विधिबाट पनि उपचार गर्न अनुमति दिएको छ । नेपालमा पहिलोपटक शिक्षण अस्पतालमा उपचाररत विराट नर्सिङ होम, विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्कीको प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो।

गत साउन २९ गते कोरोना सक्रमण पुष्टि भएपछि धरान ८ का ६७ बर्षीय संक्रमितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको थियो ।