May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
२ महिना थप गरियो अन्तःशुल्क लाइसेन्स नवीकरण म्याद

२ महिना थप गरियो अन्तःशुल्क लाइसेन्स नवीकरण म्याद

काठमाडौं-अर्थ मन्त्रालयले अन्त:शुल्क इजाजत नवीकरणको म्याद दुई महिना थप गरेको छ। अन्त:शुल्क ऐन २०५८ को व्यवस्थाअनुसार साउनभित्र गर्नुपर्ने इजाजत नवीकरणको समय असोज मसान्तसम्म थपिएको हाे।

‘अन्त:शुल्क ऐन २०५८ को दफा ९ को उपदफा ५ बमोजिम अन्त:शुल्क इजाजतपत्र हरेक वर्ष श्रावण महिनाभित्र नवीकरण गरिसक्नु पर्ने व्यवस्था रहेकोमा हाल कोभिड-१९ का कारण सिर्जित असहज परिस्थितमा उक्त अवधि २०७७ असोज मसान्तसम्म थप गरिएको छ,’ विभागले भनेको छ।

Advertisement

आन्तरिक राजस्व विभागका निर्देशक दुर्गादत्त भण्डारीले अन्त:शुल्क लाग्ने वस्तुको थोक तथा खुद्रा कारोबार गर्ने व्यवसायीलाई धेरै समस्या आउने अवस्था आएकाले इजाजत नवीकरण गर्ने समयावधि थपिएको बताए।