May 11, 2026, Monday
२०८३ बैशाख २८, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
साउन महिनामा बाहिरियो वाणिज्य बैंकहरुबाट २५ अर्ब रुपैयाँ

साउन महिनामा बाहिरियो वाणिज्य बैंकहरुबाट २५ अर्ब रुपैयाँ

काठमाडौं – साउन महिनामा वाणिज्य बैंकहरुबाट २५ अर्ब रुपैयाँ बाहिरिएको छ।

बैंकहरुले निक्षेप तथा मुद्दती निक्षेपको व्याजदर घटाउँदा प्रणालीबाटै पैसा बाहिरिन थालेको हो। गएका वर्षमा महंगो व्याजदरमा निक्षेप लिएका बैंकले केही महिनादेखि व्याजदर घटाइरहेका छन्। व्याजदर घट्न थालेपछि निक्षेपकर्ताले अन्य वित्तीय संस्था सहकारी लघुवित्तमा पैसा जम्मा गर्न थालेका हुन्। 

Advertisement

लकडाउन हुने सन्त्रासमा रहेका केही निक्षेपकर्ताले पैसा झिकेर घरमा नै राख्न थालेका हुन्। अर्कोतर्फ निक्षेपको स्रोत विस्तारै सक्दै जाँदा प्रणालीमा पैसा आउन छाडेको छ। नयाँ स्रोत सिर्जना नहुने र साथै भएको पैसा पनि अन्यत्र क्षेत्रमा जाँदा प्रणालीबाटै पैसा घटिरहेको हो। 

साउन अन्तिम सातामा बैंकहरु सँग ३४ अर्ब ७९ करोड रुपैयाँ निक्षेप छ। गत वर्षको साउनमा ३३ अर्ब ६७ करोड रुपैयाँ निक्षेप थियो। एक वर्षको अवधिमा एक खर्ब १२ अर्बले निक्षेप बढेको हो। तर लकडाउन खुलेपछि भने बैंकिङ प्रणालीबाट पैसा बाहिरिन थालेको हो।