May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चौतर्फी बिरोधपछी म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पक्राउ

चौतर्फी बिरोधपछी म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पक्राउ

भदौ २, हिजो मात्रै युट्यूवमा अपलोड गरिएको र्‍याप जान्राको ‘देशद्रोही’ गीतको भिडियोको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

मंगोल हप अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यलाई प्रस्तुत गरिएको छ । सोही, कारण उक्त गीतको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको हो ।

Advertisement

यसैबीच महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले राष्ट्रिय झण्डा जलाएको आरोपमा एक जनालाई आज नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको व्यक्तिको नाम भने खुलाइएको छैन ।

अहिले यस विषयमा थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ । राष्ट्रिय गान र राष्ट्रिय झण्डालाई अपमान र क्षति गर्न मुलुकी अपराध संहिताले निषेध गरेको छ ।

तर, त्यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै हुने व्यवस्था रहेको अपराध महाशाखाले् जनाएको छ । युट्यूवमा नेपालको राष्ट्रिय झण्डा अपमान गर्दै जलाइएको दृश्य प्रस्तुत गरिएको म्युजिक भिडियो अपलोड भएसँगै तत्काल ‘एक्सन’ लिन प्रहरीलाई सबैले आग्रह गरेका थिए ।

जानकारी अनुसार उक्त गीतको भिडियो मकवानपुरको बागमती गाउँपालिकास्थित एक विद्यालयको प्रांगनमा छायाङ्कन गरिएको हो ।

यसरी राष्ट्रय झण्डाको अपमान गर्दै जलाएपछि सोसल मिडिया फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा ‘आज देशको झण्डा जलाउँदै गीत गाए । भोलि देश नै जलाएर गीत गाउलान । पर्सि त देश नै नरहला ।’ भन्दै चर्को विरोध भइरहेको छ ।