May 14, 2026, Thursday
२०८३ बैशाख ३१, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निषेधाज्ञामा के गर्ने, के नगर्ने

निषेधाज्ञामा के गर्ने, के नगर्ने

भदाै २, विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुधबारबाट एक साता निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन सीडीओ र सुरक्षा प्रमुखको बैठक अनुसार उपत्यकामा निषेधाज्ञाको निर्णय भएको हो। 

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ जनकराज दाहाल, नारायणप्रसाद भट्ट र हुमकला पाण्डेसहित सुरक्षा प्रमुखबीच छलफलपछि एक साताका लागि निषेधाज्ञाको निर्णय भएको हो। 

Advertisement

कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकाले संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम भदौ ३ गते (बुधबार राति १२ बजें) देखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञाको निर्णय हो। 

मंगलबार एकै दिन २०५ जनामा संक्रमण देखिएपछि सरकार निषेधाज्ञाको निर्णयमा पुगेको हो।  उपत्यकामा मात्र संक्रमितको संख्या २ हजार नाघिसकेको छ। सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ। नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुग्दा ११४ जनाको मृत्यु भइसकेको छ।

निषेधाज्ञाको समयमा के गर्न पाइन्छ र के गर्न पाइदैन त ?
निर्णय जस्ताको तस्तै