May 18, 2026, Monday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालको झण्डा जलाउनेविरुद्ध प्रहरी ब्यूरोमा ७० वटा भन्दा बढी उजुरी

नेपालको झण्डा जलाउनेविरुद्ध प्रहरी ब्यूरोमा ७० वटा भन्दा बढी उजुरी

काठमाडौं – राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउनेमाथि कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा ७० वटा भन्दा बढी उजुरी परेको छ।

म्युजिक भिडियो बनाउने एक जनालाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार समातिसकेको छ। महाशाखाका प्रवक्ता ईश्वर कार्कीले यो कार्यमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने बताएका छन्‌। कार्कीले भने, ‘यो राष्ट्र हितविरुद्धको गम्भीर अपराध हो, झण्डा जलाइएको यो प्रकरणमा अनुसन्धान तीव्र बनाएका छौं।’ मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको एउटा भिडियो र त्यससम्बन्धी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको सो भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको द‌ृश्य राखिएको छ।

Advertisement

मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ।