June 2, 2026, Tuesday
२०८३ जेष्ठ १९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुशान्त आत्महत्या प्रकरणः सिबीआईलाई भारतीय सर्वोच्च अदालतले दियो अनुसन्धानको आदेश

सुशान्त आत्महत्या प्रकरणः सिबीआईलाई भारतीय सर्वोच्च अदालतले दियो अनुसन्धानको आदेश

नयाँदिल्ली–भारतको सर्वोच्च अदालतले अभिनेता सुशान्तसिंह राजपुत प्रकरणको अनुसन्धान गर्न सिबीआईलाई आदेश दिएको छ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो। अदालतले उक्त प्रकरणलाई सिबीआईले अनुसन्धान गर्नुपर्ने बिहार सरकारको मागलाई पनि सही ठहर गरेको छ। 

Advertisement

फैसला सुनाउँदै न्यायाधीश ऋषिकेश रायले पटनामा उजुरी दर्ता हुनु पनि कानुनी रुपले सही रहेको जनाएका छन्। सुशान्तकी बहिनी श्वेताले फैसलाप्रति खुसी व्यक्ति गरेकी छन्।

रिया चक्रवर्तीले पटनामा दायर गरेको उजुरीलाई मुम्बई सारिनुपर्ने माग गर्दै मुद्दा दायर गरेकी थिइन्।