April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
थाहा पाउनुहोस् निषेधाज्ञामा उपत्यकाका बैंकहरु कहाँ कति खुल्छन् ?

थाहा पाउनुहोस् निषेधाज्ञामा उपत्यकाका बैंकहरु कहाँ कति खुल्छन् ?

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञामा बैंकहरुको सेवा भने सञ्चालन हुने भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले सेवा दिने बताए । तर सीमित शाखा सञ्चालनमा आउने उनको भनाइ छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न दिने निर्णय गरेका हुन् ।

Advertisement

अत्यावश्यक क्षेत्र भएका कारण बैंकहरुलाई सीमित कर्मचारीहरु राखेर सेवा सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको हो ।

कहाँ कति खुल्छन् बैंक ?

बैंकर्स संघका अध्यक्ष दाहालका अनुसार बैंकहरुले सबै शाखा कार्यालयहरु भने खोल्ने छैनन् । काठमाडौं उपत्कायमा जिल्लाअनुसार बैंकले एक दिनमा कति वटा शाखा खोल्ने भन्ने तय भएको छ ।

अध्यक्ष दाहालले एक बैंकले काठमाडौं उपत्यकामा बढीमा ८ वटामात्रै शाखा कार्यालयहरु खोल्न पाउनेछन् । एक बैंकले काठमाडौं जिल्लामा एक दिन ५ वटा शाखा खोल्न पाउनेछन् भने भक्तपुरमा एक र ललितपुरमा २ वटा शाखा खोल्न पाउने उनले बताए ।