May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बयोधा अस्पताल विरगंजलाई पीसीआर परीक्षण गर्न रोक

बयोधा अस्पताल विरगंजलाई पीसीआर परीक्षण गर्न रोक

भदाै ३, वीरगन्जको नारायणी बयोधा अस्पतालले सरकारबाट अनुमति नलिई कोरोनाको पीसीआर परीक्षण गरेको खुलासा भएको छ । अस्पतालले एक सातादेखि संकलन गरेको स्वाब काठमाडौं पठाएर परीक्षण गराउँदै आएको थियो ।

अनुमति नलिई स्वाब संकलन गरी परीक्षण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय पर्साले परीक्षणमा रोक लगाएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मंगलबारबाट स्वाब संकलन र परीक्षणमा रोक लगाएको बताए । अस्पतालले गरेको परीक्षणको नतिजा र संख्याबारे जिल्ला संकट व्यवस्थापन केन्द्रलाई कुनै जानकारी गराइएको थिएन । यसले गर्दा संक्रमितको यकिन तथ्यांक र व्यवस्थापनमा कठिनाइ भएको थियो । स्थानीय प्रशासनले रोक लगाएपछि अस्पताल प्रशासनले मंगलबार सूचना जारी गरी पीसीआर टेस्ट अर्को सूचना नहुन्जेलसम्म स्थगित गरिएको जनाएको छ ।

गत साउन २८ देखि अस्पतालले स्वाब संकलन सुरु गरेको थियो । एउटा स्वाब परीक्षणबापत ५ हजार ५ सय रुपैयाँ लिने गरेको थियो । वीरगन्जमा संकलन गरिएको स्वाब परीक्षणका लागि बिध ल्याबमा पठाउने गरेको थियो । कोरोनाको हटस्पट बनेको वीरगन्जमा पीसीआर परीक्षणका लागि एउटा मात्र नारायणी अस्पतालको प्रयोगशाला छ । शुल्क तिरेर स्वयं परीक्षण गराउँदा पनि नारायणीको प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने गरेको छ ।