May 19, 2026, Tuesday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एएनएका पूर्वअध्यक्ष डा. अमर गिरीको निधन

एएनएका पूर्वअध्यक्ष डा. अमर गिरीको निधन

बस्टन (अमेरिका) – एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) का पूर्वअध्यक्ष तथा संस्थापक डा. अमर गिरीको निधन भएको छ। 

नेपालको जनकपुरमा जन्मेका गिरीको निधन गत सोमबार पेन्सेलभेनियास्थित ल्यानकास्टरमा भएको हो। गिरी ८१ वर्ष थिए। गिरीको परिवारमा १०३ वर्षकी आमा, श्रीमती, छोरीलगायत छन्‌। पाकिस्तानमा समेत उच्चशिक्षा लिएर सन् १९७१ मा अमेरिका आएका गिरीले खाद्य प्राविधिकका रूपमा विभर चिकन र केलोग्स काम गरेका थिए। 

Advertisement

मेरिल्याण्ड, न्यु ह्याम्सर र पछि पेन्सेलभेनियाको ल्यानकास्टरमा स्थायी बसोबास गर्दै आएका थिए। उनी एएनएका पाँचौं अध्यक्ष चुनिएका थिए। सन् १९८३ जुलाईमा स्थापित एएनएमा हालसम्म १२ जना अध्यक्ष भइसकेका छन्।