May 19, 2026, Tuesday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दशरथचन्द राजमार्गमा माइक्रोबस दुर्घटना, ७ जना घाइते

दशरथचन्द राजमार्गमा माइक्रोबस दुर्घटना, ७ जना घाइते

बैतडी – दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-६ लामाखेतमा माइक्रोबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिएका छन्‌।

Advertisement

अमरगढी नगरपालिका-७ का शेर बहादुर शाह, दार्चुलाको शैल्यशिखर नगरपालिका-९ का २५ वर्षीया बिस्ना जोशी, दार्चुलाको शैल्यशिखरकै ३९ वर्षीय नवराज जोशी, ४२ वर्षीया लक्ष्मी जोशी,३९ वर्षीय जयदेव जोशी र ४२ वर्षीय पल्लभ जोशी पनि घाइते भएका छन्। घाइतेमध्ये गाडी साहु शेरबहादुर र बिस्नाको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ।

गम्भीर घाइतेहरूलाई उपचारको लागि कोहलपुर रेफर गरिएको छ। अन्य घाइतेहरुको पाटनमा उपचार भइरहेको छ। ब्रेक फेल भएर हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

हायसका चालक धीर्कबहादुर खडायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।