January 14, 2026, Wednesday
२०८२ माघ १, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा ठप्प

कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा ठप्प

भदाै ४, आज काठमाडौं उपत्यकाका बैंकका सबै शाखा बन्द भएका छन् । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ । यही कारण बिहीबार उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय संघले गरेको छ ।

‘शाखा बन्द गर्नेभन्दा पनि कर्मचारी नै कार्यालय पुग्न सकेनन,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘यही कारण शाखा खोल्न सकिएन ।’

Advertisement

यो सूचना संघका सबै सदस्य बैंकहरूमा प्रवाह गरिसकिएको उनले बताए । ‘जोखिम मोलेर भए पनि सेवा दिन्छु भनी कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा दिन सकिने अवस्था भएन,’ उनले भने । कर्मचारीहरू कसरी कार्यालय पुग्ने भन्नेबारे स्पष्ट व्यवस्था नहुँदासम्म बैंक सञ्चालन गर्न नसकिने उनले बताए ।

प्रहरीले बैंकका कर्मचारी सडकमै रोकेका सम्बन्धमा स्थानीय प्रशासनसँग छलफल भइसकेको राष्ट्र बैंकले जनाएको छ । ‘गृह मन्त्रालयबाट उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयलाई पुनः निर्देशन गइसकेको छ,’ राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले भने, ‘भोलिदेखि कर्मचारीहरूलाई कुनै रोकतोक हुँदैन ।’ बैंकलाई सम्भव भएसम्म न्यून कर्मचारीबाट थोरै शाखा मात्र खोल्न निर्देशन भइसकेकाले भिडभाड नहुने उनले दाबी गरे । ‘बैंकले पनि सबै शाखा खोल्दैनन्, आलोपालोअनुसार दैनिक एक/दुई शाखा मात्र खोल्ने हो,’ उनले भने, ‘ती शाखा खोल्न जाने कर्मचारीलाई प्रहरीले रोक्न हुँदैन । यसबारे गृह मन्त्रालयसँग कुरा भइसकेको छ ।’