May 18, 2026, Monday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौँको माछापोखरीबाट दुईथान पेस्तोलसहित दुई पक्राउ

काठमाडौँको माछापोखरीबाट दुईथान पेस्तोलसहित दुई पक्राउ

काठमाडौँ – प्रहरीले माछापोखरीबाट दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने १० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित वुधबार नुवाकोेटका २७ वर्षीय विकेश पण्डितलाई पक्राउ गरेको हो । हातहतियारसहित पक्राउ परेका पण्डितलाई हातहतियार ओसार्न लगाउने नुवाकोटबाट २८ वर्षीय अमर तामाङलाई समेत आज नुवाकोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले जानकारी दिनुभयो ।\

Advertisement

उहाँले भन्नुभयो, “वरामद भएको हतियार धनुषाका ३५ वर्षीय शम्भु कार्कीको भएको र कार्की र तामाङ सँगै कारागार बस्दा चिनजान भएपछि कार्कीले तामाङलाई हतियार लैजान भनेकाले माछापोखरीमा रहेको हतियार नुवाकोट लैजाने क्रममा पण्डितलाई पक्राउ गरेका हौँ ।” . कार्की कारागार रहेको बेला उक्त हतियार धादिङका २८ वर्षीय राजकुमार गुरुङले राख्न दिएकोमा राजकुमारले वालाजुको एक होटल साहुलाई राख्न दिएको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका व्यक्ति भएको महाशाखाले जनाएको छ ।