May 14, 2026, Thursday
२०८३ बैशाख ३१, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हातहतियार सहित दुई जना पक्राउ

हातहतियार सहित दुई जना पक्राउ

भदाै ४, हातहतियार सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले हातहतियारको कारोवार हुँदैछ भन्ने विशेष सुचनाको आधारमा युएसए लेखेको दुई थान पेस्तोल सहित पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको जानकारी दिनुभयो । एसएसपी थापाले भन्नुभयो, ” यस क्रियाकलापमा संलग्न एक जना माछापोखरीबाट समातिएका छन् भने अर्का व्यक्ति नुवाकोटबाट पक्राउ परेका छन् ।”

Advertisement

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–६ का २७ वर्षीय विकेस पण्डित र लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीयअमर तामाङ रहेका छन् । तामाङले दिएको हतियार लिएर आउने क्रममा पण्डित पक्राउ परेका थिए । त्यसपछि अपराध महाशाखाले प्रहरी निरीक्षक भोलकुमार भट्टको कमाण्डमा नुवाकोटमा टोली पठाएर तामाङलाई उनकै घरबाट पक्राउ गरेको थियो ।

तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाले घटनाको बिषयमा अनुसन्धान गरिरहेको र घटनामाा संम्लग्नहरूको खोजी कार्य गरिरहेको छ ।