May 9, 2024, Thursday
२०८१ बैशाख २७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

बाफल एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लाथि थुनामा

भदौ ४, काठमाडौं । बाफल एसिड आक्रमणका अभियुक्त मोहम्मद आलम र फैयाज आलमलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ ।

ओखलढुंगाकी पवित्रा कार्कीमाथि साउन ८ गते एसिड प्रहार भएको घटनामा दोषी होइन भन्न नसिकने भन्दै न्यायाधीश कृष्णजंग शाहको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।

Advertisement

अदालतले एसिड पीडित युवतीलाई पीडित राहत कोषबाट २ लाख रुपैयाँ राहत दिन पनि  आदेश दिएको छ ।

साउन ८ गते राति कार्कीमाथि काठमाडौंको बाफलमा सँगै खाजा खान बोलाएर फर्किने क्रममा मोहम्मद आलमले आफ्ना सहयोगी फैयाज आलमलाई प्रयोग गरी एसिड आक्रमण गरेको प्रहरीको दावी छ । पवित्रा हाल कीर्तिपुर अस्पतालमा उपचाररत छिन् ।