May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पुजारीका हत्या सम्बन्धमा छिटो अनुसन्धान गरी दोषीलाई कारबाहीको गर्न गगन थापाको माग

पुजारीका हत्या सम्बन्धमा छिटो अनुसन्धान गरी दोषीलाई कारबाहीको गर्न गगन थापाको माग

भदाै ६, नेपाली कांग्रेसका नेता गगनकुमार थापाले रौतहटमा गरिएको पुजारीका हत्या सम्बन्धमा छिटो अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले तीन दिनअघि रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले गोली हानी हत्या गरेको विषयमा छिटोअनुसन्धान गरी कारबाही गर्न माग गर्नुभएको हो । पुजारीमाथि मन्दिरमा रोटी खाइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो।

Advertisement

पुजारीको हत्या हुँदा एक शब्द नबोलेको भन्दै गगनको आलोचना भइरहेका बेला शनिवार विहान ट्वीटरमार्फत पुजारीका हत्यारामाथि कारवाही गर्न सरकारसँग माग गर्नुभएको हो । नेता थापाले नेपाल प्रहरीसँग घटनाको अनुसन्धानबारे पनि जानकारी समेत माग गर्नुभएको छ ।

ट्विटरमा उहाँले लेख्नुभएको छ, ‘रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरेको तीन दिन बितिसकेको छ। नेपाल प्रहरी, घटनाको अनुसन्धान के भइरहेको छरु अनुसन्धानमा बिलम्ब नगर्न र सत्य तथ्य छानबिन गरी दोषीलाई शीघ्र कानुनी कारबाही गर्न सरकारसँग आग्रह गर्दछु।’