May 7, 2024, Tuesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हत्या आरोपी आङदोर्जेमा कोरोना संक्रमण, पक्राउ गर्ने र बयान लिने प्रहरी आइसोलेसनमा

हत्या आरोपी आङदोर्जेमा कोरोना संक्रमण, पक्राउ गर्ने र बयान लिने प्रहरी आइसोलेसनमा

भाद्र ७, काठमाडाैं । मनमैजु हत्याकाण्डका आरोपी आङदोर्जे शेर्पालाई कोरोना पोजेटिभ देखिएको छ । उनलाई लक्ष्मण रिमाल तामाङको हत्याको आरोप लागेका छ । उनलाई साउन ३१ गते गोंगवुको सुकुम्बासी टोल क्षेत्रबाट पक्राउ गरिएको थियो ।

शेर्पाको कारवाहीमा खटिएका सुरक्षाकर्मी समेत हाल होम आइसोलेसन रहेका प्रहरीले जनाएको छ । आरोपित पक्राउ गर्ने, बयान लिने र सम्पर्कमा रहेका सुरक्षाकर्मी आइसोलेसनमा राखिएको हो । प्रहरीले कोभिड–१९ को संक्रमण सुरू भएयता हिरासतमा लिने व्यक्तिको परिक्षण अनिवार्य गरेको छ ।

Advertisement

टोखाको वषन्तटोल स्थित गोर्खाली खाजा घरमा खाजा खाइरहेको समयमा शेर्पा र तामाङ पक्षबीच विवाद भएपछि उनीमाथि छुरा प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा रहेका तामाङको ग्रीनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका दोर्जेले आफूले छुरा प्रहार गरेको स्वीकार गरिसकेका छन्।