May 18, 2026, Monday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आज काठमाडौंंका यी स्थानहरुमा विद्युत कटौती हुने

आज काठमाडौंंका यी स्थानहरुमा विद्युत कटौती हुने

काठमाडौंं : नेपाल विद्युत प्राधिकरणले नयाँ फिडर लाइन तान्ने कार्य गर्ने भएकाले उपत्यकाका केही ठाउँमा आइतबार विहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म विद्युत कटौती गर्ने भएको छ।

पुल्चोक वितरण केन्द्रको टेकु रिङरोड फिडरबाट वितरित ११ के भी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत कटौती हुने प्राधिकरणका सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन्‌। उनका अनुसार अनुसार आज विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बागडोल एरिया आसपास, सनराइज टावर, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प एरिया लगायत ठाउँमा विद्युत काटिने छ।

Advertisement

निर्धारित समयअगावै काम सम्पन्न भएमा सो समयभन्दा अगावै यी क्षेत्रमा विद्युत प्रवाह हुने उनले जानकारी दिएकी छिन्‌।