May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १९२ पुग्यो

कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १९२ पुग्यो

काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप एकजनाको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्‍न १६ मुलुकमा रहेका १९२ नेपालीहरुको मृत्यु भएको हो ।

Advertisement

स्वास्थ्य समितिका अनुसार यो साता पनि अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायत देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार अस्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो दोस्रो लहर सुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजग रहन आग्रह गरे ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।