May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

भारत तर्फ लैजादै गरेका अवैध सामग्रीसहित दुई जना पक्राउ

भाद्र ७, जिल्ला प्रहरी कार्यालय बर्दियाले भारत तर्फ लैजादै गरेका अवैध ओखर र छ्वारासहित बर्दियाको राजापुर ७ बेलासाबाट दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजापुर ४ का जावेद मनिहार र कञ्चनपुर घर भइ राजापुरमा व्यापार गर्दै आएका रमश ढुगाना रहेका छन् । उनीहलाई नेपालबाट भारत तर्फ छेवारा ५९ बोरा र ओखर ३ सय ९६ बोरा लैजादै गर्दा नेपाल भारत सिमानाको बेलासाबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रमजमपुरका प्रमुख मीन बहादुर वलिले जानकारी दिनु भयो ।

बरामद सामग्री राजापुर भन्समर कार्यालयमा बुझाइएको र त्यसको सरकारी मूल्य करिब ४४ लाख रहेको समेत वलिले बताउनु भयो ।

Advertisement