May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु

पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु

भाद्र ९, बागलुङ । बागलुङमा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिकामा एक युवतीको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर २ अर्नाकमा घर माथिबाट पहिरो खस्दा १९ वर्षीया पुजा परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकासिंह भण्डारीले जानकारी दिनुभयो ।

Advertisement

घरमा सुतिरहेको अवस्थामा घर माथिदेखि राति १२ बजेतिर खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको भण्डारीको भनाई छ ।