May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लोक गायक थापाकाे ‘लाईदिम की मोहनी’ गीत डिजिटल सार्वजनिक

लोक गायक थापाकाे ‘लाईदिम की मोहनी’ गीत डिजिटल सार्वजनिक

भाद्र ९, पाल्पा । चर्चित लोक गायक ईश्वर थापाले लाईदिम की मोहनी गीत डिजिटल वजारमा ल्याएका छन् । लाइदिम की मोहनी गीत सार्वजनिक भएको एकै दिनमा नै ट्रेन्डिङमा आउन सफल भएको छ ।

गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक पल शाहलाई देख्न सकिन्छ भने शाहलाई साथ दिएकी छन् मोडल रियाशा दहालले ।

Advertisement

गीतमा स्वर चर्चित लोक गायिका देवी घर्ति र ईश्वर थापाको रहेको छ । गीतको शब्द शिव अखेली र संगीत सूर्य खड्काको रहेको छ । गीतको छायाङ्कन अर्जुन तिवारीले गरेका छन् भने काजीस श्रेष्ठको निर्देशन रहेको छ भने सम्पादन दीपक विष्टले गरेका हुन् ।

गीतको भिडियो सूर्य खड्काको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।