May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुख्यमन्त्रीका स्वकीय सचिवले संचारकर्मीलाई अपसब्द प्रयोग गर्दा  महासंघले जनायाे आपत्ति

मुख्यमन्त्रीका स्वकीय सचिवले संचारकर्मीलाई अपसब्द प्रयोग गर्दा महासंघले जनायाे आपत्ति

भाद्र ९, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतका स्वकीय सचिवले सामाजिक संजालमा संचारकर्मीलाई अमर्यादित शब्द प्रयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ, प्रदेश २ समितिले एक विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् । प्रदेश समितिका महासचिव किरण कर्णद्वारा जारी विज्ञप्तिमा मुख्य मन्त्री लालबाबू राउतका स्वकीय सचिव जितेन्द्र यादवले संचारकर्मीलाई लक्षित गरेर प्रयोग गरेका सब्द तत्काल फिर्ता लिन र फिर्ता नगरेको खण्डमा आफूहरु आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

‘स्वतन्त्र पत्रकारिताबिना बलियो लोकतन्त्र र गणन्त्रको कल्पनासमेत गर्न सकिँदैन । तर, समाचार लेखेकै आधारमा कोहि कसैले पत्रकारप्रति अमर्यादित शब्द प्रयोग गर्नु कदापि स्वीकार गर्न सकिन्न। पछिल्लो पटक प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादवले सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकारलाई लक्षित गरी सम्प्रेषण गरेका शब्दहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ – विज्ञप्तिमा अगाडि उल्लेख गरिएको छ ।

Advertisement

‘समाचारप्रति चित्त नबुझे सरोकारबला निकाय समक्ष गुनासो गर्न सकिने प्रावधान छँदाछँदै स्वकीय सचिव यादवले पत्रकारहरुलाई भिजलान्ते जस्तो अमर्यादित शब्द प्रयोग गर्नु निन्दनीय हो । प्रदेश सञ्चार विधेयकविरुद्ध सञ्चारकर्मीहरु आन्दोलित रहेकै बेला मुख्यमन्त्रीको स्वकीय सचिवजस्तो मर्यादित पदमा बसेका व्यक्तिबाट स्वतन्त्र पत्रकारितालाई बदनाम गर्ने हिसाबले आएको उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं । मुख्यमन्त्रीका स्वकीय सचिवले दिएको अभिव्यत्ति तत्काल फिर्ता नलिए हामी आन्दोलनमा जान बाध्य हुने छौँ ।’ बिज्ञप्तिमा भनिएकाे छ ।

यस अघि प्रदेश २ सरकार र मुख्य मन्त्री लालबाबु राउतको काम कर्तव्यको विषयलाई लिएर बिभिन्न अनलाइन र समाचार माध्यमहरुमा समाचार आएको विषयलाई लिएर मुख्य मन्त्री राउतका स्वकीय सचिब यादवले -‘जुन दिन देखि समाजवादी पार्टी र राजपा नेपालको एकिकरण भइ जनता समाजवादी पार्टी नेपाल निर्माण भयो त्यो दिन देखि नै केही भिजलन्तेहरुको होस गुमेको र मुख्यमन्त्री लालबाबु राउतज्यूलाइ बदनाम पार्ने षड्यन्त्र गरी प्रदेश नं २ सरकार र यस पार्टीका प्रदेश सभा सदस्यज्यूहरु समेतलाइ बदनाम पार्न केही पत्रकारहरु लागि परेका छन् ।’

उनले आफ्नो फसबूक वालमा संचारकर्मीलाई चुनौती दिदै लेखेका छन्- ‘ मलाइ भन्नै पर्ने भो, अतिको भ्रष्टाचार बिषयको समाचार लेख्दा लेख्दै तपाईंको कलमको मसि सकिन सक्छ बरु छानवीन गर्न लगाइ जनताको कठघेरामा ल्याउन चुनौती दिन चाहन्छु । मुख्यमन्त्री जस्तो पद, संस्था र वहाँको व्यक्तित्व माथि प्रश्न उठाउने यो समय भनेको सफा पानीलाइ धमिलो पारी माछा मार्ने कार्य जस्तै हो ।