May 7, 2026, Thursday
२०८३ बैशाख २४, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रसियाका राजदूत नोभिकोभ र मन्त्री नेम्वाङबीच भेटवार्ता

रसियाका राजदूत नोभिकोभ र मन्त्री नेम्वाङबीच भेटवार्ता

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले भेटवार्ता गरेका छन।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार दुई जनाबीच भेटवार्ता भएको हो।  भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) विरुद्धको खोप रुसले तयार गर्दै गरेकोमा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गर्दै विश्व मानव जातिलाई बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

Advertisement

मन्त्री नेम्वाङले पूर्वपश्चिम विद्युतीय रेलमार्गको इनरुवा–बर्दिबास खण्डको निर्माणमा लगानीसहितको सहकार्यबारे छलफल गरेका थिए। त्यस्तै करिब ४.५ अर्ब लागत लाग्न सक्ने ७२ किलोमिटर लम्बाइ रहेको संघीय राजधानी काठमाडौँको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको छ।

उक्त मेट्रो प्रोजेक्टको पाँच खण्डमध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानी सहित सहभागी हुन गरिएको प्रस्तावमा राजदूत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफू उत्साहित रहेको र रसियन सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।