May 11, 2026, Monday
२०८३ बैशाख २८, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेकपा सचिवालय बैठक शनिबार बस्‍ने

नेकपा सचिवालय बैठक शनिबार बस्‍ने

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्‍ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलले शनिबार सचिवालय राख्‍ने निर्णय गरेको हो। भदौ १३ गते शनिबार बिहान ११ बजे सचिवालय बस्‍ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

Advertisement

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले गत शुक्रबार कार्यदले बुझाएको प्रतिवेदनमा छलफल हुने उनले बताए।  पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि ओली दाहालले महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलले एक साता छलफल पछि १७ पृष्ठ लामो सुझाव प्रतिवेदन शनिबार बुझाइसकेको छ।  त्यही प्रतिवेदनमाथि छलफल गर्ने सचिवालय बैठक बोलाएको हो।