April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोनाबाट विराटनगरमा एक जना महिलाको मृत्यु

कोरोनाबाट विराटनगरमा एक जना महिलाको मृत्यु

विराटनगर – कोरोना संक्रमणबाट विराटनगरमा एक जना संक्रमित महिलाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–१५ की महिलाको  मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकी सिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति  मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए।

Advertisement

४४ वर्षीया महिलाको  श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि  मंगलबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो। कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेर मै उपचाररत महिलाको मृत्यु भएको  हो।

 ‘सुरुमा श्वासप्रश्वासमा समस्या भयो भनेर ल्याइएका कारण आकस्मिक कक्षमा राखेर उपचार थालिएको थियो। पीसीआर  रिपोर्ट पोजेटिभ आउन साथ शिक्षण अस्पतालकै आइसोलेसनमा भर्ना गर्न नपाइ ती महिलाको आकस्मिक कक्षमै मृत्यु भएको हो,’ राठौरले भने।

विराटका कोभिड फोकल पर्सन डाक्टर  पुरु कोइरालाका अनुसार केही दिनदेखि ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकी महिलामा निमोनियाको पनि समस्या थियो।